राजनराज शिवाकोटीले १२ बर्ष अगाडी सृजना गरेको गीत ’फुलबुट्टे सारी’ यतिबेला चर्चाको शिखरमा रहेको छ । फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन् । यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी ’बियोन्से’।

नेपाल घुम्न आएको बेला ट्रेण्डीङ्ग गीतको रुपमा रहेर आफुले उक्त गीत गएको उनको तर्क छ । यो गीत ’फुलबुट्टे सारी’ का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो ’बियोन्से’ को चर्चा ।

उनै बियोन्सेलाई लिएर सर्जक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् । ’ल्यासी पाउ’ बोलको गीतमा राजनराज शिवाकोटी संग बियोन्सेले आवाज भरेकी छिन् । मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV