बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’ को गीत सार्बजनिक गरिएको छ । ‘रुन्छ नि मेरो मन’ बोल को गीत बिहिबार युटुब मार्फत रिलिज गरिएको हो ।

शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राईको स्वर रहेको छ । गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचर भएका छन् ।

शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, राजीवजंग बस्नेतलगायतको अभिनय रहेको छ । फिल्म पारिवारिक कथामा रहेको, निर्देशक बस्नेतले जानकारी गराएका छन् । फिल्मलाई नवराज गिरिले निर्माण गरेका हुन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको शब्द र रामजी राउतको मुख्य सहायक निर्देशन रहेकोछ ।

For More videos Log on to Mazzako TV