वितरक तथा हल संचालक नरेन्द्र महर्जनले आफ्ना केही साथीहरुसँग मिलेर नयाँ हल संचालन गर्ने तयारी गरेका छन् । किर्तिपुरको पुरानो फिल्म हललाई पुन निर्माण गरेर नयाँ हल बनाइएको छ । हलको नाम किर्तिपुर सिनेप्लेक्स राखिएको छ ।

यो हल कोभिडको कहर सकिएपछि संचालनमा ल्याउने तयारीमा नरेन्द्र छन् । २८० सिट क्षमताको यो हलको निर्माणका लागि २ करोड भन्दा बढी बजेट लागेको नरेन्द्रले बताए । उसो त, यो हलमा २ पर्दा संचालन गर्ने तयारीमा थिए नरेन्द्र र उनको टिम । कोरोनाको पहिलो लहर सकिएपछि यो हल बनाउन सुरु भएको थियो । तर, दोश्रो लहर पनि कोरोनाको सुरु भएपछि हाललाई अर्को एक पर्दा बनाउने काम अघि बढेको छैन ।

वैशाख १ गतेबाट हल सुचारु गर्ने तयारीमा नरेन्द्र थिए । तर, हल नै बन्द भएपछि तत्काल यो योजना पनि रोकिएको छ । किर्तिपुरका दर्शकलाई चलचित्र हेर्नका लागि सुनधार, कमलपोखरी लगायतका स्थानमा आउनुपर्ने थियो । तर, अब यो वाध्यता हट्ने नरेन्द्र बताउँछन् ।

For More videos Log on to Mazzako TV