नेपाली फिल्म क्षेत्रले आफ्नो ५० बर्ष भन्दा लामो इतिहासमा यति ठूलो संकट कहिले भोगेको थिएन । जनयुद्धको समयमा पनि नेपाली फिल्म निर्माण र प्रदर्शनमा यस्तो संकट थिएन । तर, यसपटक भने नेपाली फिल्मले डेढ बर्षदेखि ठूलो संकट व्यहोरीरहेको छ । नेपाली फिल्म अब कहिलेबाट माथि उठ्छ भन्न सकिने अवस्था छैन ।

नेपाली फिल्म क्षेत्र ठप्प भएको डेढ महिना बढी भयो । विचमा ३ महिना खुलेपनि त्यसले खासै असर गरेन । किनकी, त्यो समयमा ४ वटा फिल्म रिलिज भएपनि दर्शक हलसम्म आउन सकेनन् । फेरि नेपाली फिल्म ठप्प भएको छ ।

अब, कहिलेबाट फिल्म क्षेत्र माथि उठ्छ र फिल्म रिलिज पुरानै अवस्थामा फर्किन्छ, भन्न सकिने अवस्था छैन । नेपाली फिल्म कहिलेबाट माथि उठ्छ भनेर कसैले भन्न सक्ने अवस्था पनि छैन । आखिर, नेपाली फिल्म अब कहिलेबाट माथि उठ्ला ?

For More videos Log on to Mazzako TV