निर्देशक दिवाकर भट्टराइले फिल्म तिमीसँगै हुने मन छ को छायांकन सुरु गर्न पाएनन् । वैशाख ५ गतेबाट फिल्मको छायांकन सुरु हुने बताइएतापनि कोरोनाका कारण यो फिल्मको छायांकन सुरु हुन नपाएको हो । छायांकन सुरु नभएपछि मुम्बइबाट आएका फिल्मका कलाकार र प्राविधिकको टिम मुम्बई नै फर्किएको छ ।

फिल्मका मुख्य अभिनेता रोहित सेन्चुरीसहितको टिम मुम्बई फर्किएको हो । नेपालमा उनीहरुले फिल्मको लागि वर्कशप गरेका थिए । तर, फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, अत्तोपत्तो नभएपछि उनीहरु फर्किएका हुन् ।

फिल्म तिमीसँगै हुने मन छ मा रोहितको साथमा दिपिका प्रसाई, नाजिर हुसेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मका लागि कलाकारहरु एक महिना बढी बस्दा लाखौ खर्च भएको दिवाकरको भनाई छ ।

For More videos Log on to Mazzako TV