फरक धार र गहकिला भावका गीतबाट सङ्गीत क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेका भर्सटायल सङ्गीतकार÷गायक शिशिर योगीले रोमाण्टिक भावको गीत ‘माया छेउमै नआउने’ बोलको भिडियो सार्वजनिक गरेका छन् । राजधानीको टेकूमा एक कार्यक्रको आयोजना गर्दै युट्युब समेत एकसाथ रिलिज भएको हो ।

हरिहर तिमिल्सिनाको शब्द, सुरेश शाहीको सङ्गीत संयोजन र कुमार रानाको मिक्सिङ÷माष्टरिङ रहेको यो गीत केहीदिन अघि मात्र उत्तरढोका स्थित मारुनी डिजिटलमा रेकर्ड भएको थियो । लामो समयदेखि म्युजिक भिडियो, वृत्तचित्र आदिको सिनेम्याटोग्राफी र सम्पादनमा क्रियाशील रही केहीवर्ष यता निर्देशन समेत गर्दै आएका वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादनमा निर्मित यस भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।

भिडियोमा सुधीर श्रेष्ठ र याङ्शु श्रेष्ठले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् । भिडिओ योगीकै अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

‘सारङ्गी त रेटेपनि’, ‘यो देशमा म एउटा मानिस खोजिरहेछ’ु, ‘आमाले घाँस काट्दै गर्दा’, ‘यता खोज्छु छैनौ आमा’, ‘बोल्ने कोही छैन’ जस्ता कालजयी गीतका गायक शिशिर योगी अब्बल दर्जाका सङ्गीतकार समेत हुन् ।

For More videos Log on to Mazzako TV