अभिनेता सलोन बस्नेतले आफ्नो जन्मदिन यसपटक भने धुमधामसँग मनाएका छन् । यसअघि सलोनले आफ्ना परिवारसँग मात्र जन्मदिन मनाएपनि यसपटक भने विशेष रुपमा मनाए । उनका पिता शोभित बस्नेतले सार्वजनिक गरेको फोटोले पनि उनको जन्मदिन धुमधामसँग मनाइएको देख्न सकिन्छ ।

सलोनको जन्मदिनमा नेपाली फिल्ममा चर्चित कलाकारहरु उपस्थित थिए । सलोनको जन्मदिनमा अभिनेता भूवन केसी, आर्यन सिग्देल, आकाश श्रेष्ठ, आमेष भण्डारी लगायत पुगेका थिए । यस्तै अभिनेत्री पूजा शर्मा पनि सलोनको जन्मदिनमा पुगेकी थिइन् । यी सबै कलाकार सलोनसँग नजिक मानिन्छन् । आर्यनले त सलोनलाई आफ्नो लागि स्टार समेत भन्दै आएका छन् ।

For More videos Log on to Mazzako TV