फिल्म कबड्डीको चौथो सिरिज बन्दैछ । अगाडिका ३ वटै सिरिज सुपरहिट भएका कारण पनि चौथो सिरिज चल्नेमा सबै ढुक्क छन् । यो फिल्मबाट केही कलाकार स्टार समेत भए । कलाकारितामा उनीहरुको नाम चम्कियो । तर, कबड्डी ४ लाई अन्तिम खेल भनेर भनेका निर्देशक रामबाबु गुरुङले अघिल्ला ३ सिरिजमा जोडिएका केही कलाकारलाई भने यो इन्ड गेममा नजोड्ने बताएका छन् ।

यो फिल्मको मुख्य अभिनेत्री रीश्मा गुरुङ, पहिलो सिरिजका कलाकार निश्चल बस्नेत र तेश्रो सिरिजकी अभिनेत्री उपासना सिंह ठकुरी चौथो सिरिजमा भने नदेखिने भएका छन् । मणिराम पोखरेलको लगानीमा बन्न लागेको यो फिल्मलाई मुस्ताङमा खिचिनेछ ।

यी बाहेक अघिल्ला सिरिजका अधिकांश कलाकार यो सिरिजमा पनि हुनेछन् । यो फिल्म असोज १५ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV