लामो समय देखि संगीत क्षेत्रमा आबद्ध रहँदै आएका गायक सुदिप भण्डारीको स्वरमा रहेको नयाँ गीत “सोची हेर न“ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा सन्देश रुचालको संगीत संयोजन रहेको छ ।

बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको भिडियोमा प्रतिभावन कलाकार बिकाश लामिछाने र सिर्जना जिसीको उत्कृष्ट अभिनय रहेको छ । अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्सन साहले सम्पादन गरेको यश भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन् ।
डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको भिडियोका निर्माता उपेन्द्र श्रेष्ठ हुन् । गीतको म्युजिक भिडियो “डश म्युजिक नेपाल“को अफिसियल यूट्युब च्यानल मार्फत हेर्न सकिनेछ ।

For More videos Log on to Mazzako TV