अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ । केकीलाई कोरोना पोजिटिभ देखिएपछि उनी घरमै क्वारेन्टाइनमा छिन् । विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएकी केकीलाई कोरोना पुष्टी भएपछि उनको मुख्य भूमिका रहने फिल्म घिन्ताङको छायांकन सुरु हुन सकेन ।

वैशाखको ६ गतेबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको थियो । फिल्ममा गौरव पहारी र केकी अधिकारी मुख्य भूमिकामा छन् । पनौतीबाट फिल्मको छायांकन सुरु हुने तयारीमा थियो । निर्देशक दीपक श्रेष्ठले फिल्मको छायांकनका लागि प्राविधिकको टिम पनौती पुगिसकेको बताए ।

तर, केकीलाई कोरोना देखिएसँगै यो फिल्मको छायांकन प्रभावित भएको हो । केकी नै निर्मात्री रहेको कमेडी च्याम्पियनमा पनि एक जना प्रतिस्पर्धीलाई कोरोना देखिएपछि यसको छायांकन एक सातालाई स्थगित गरिएको छ ।

For More videos Log on to Mazzako TV