संचारकर्मी प्रकाश सुवेदीले संचालन गर्दै आएको दुई शो रजतपट र ग्ल्यामर गफको प्रशारण स्थगित भएको छ । शोमा प्रशारण केही बिषयलाई लिएर एपीवानको बोर्ड बैठकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या हुने गरि शोमा रिपोर्ट प्रस्तुत भएको भन्दै उजुरी दिएकी थिइन् ।

उनको उजुरीपछि एपीवान टीभीको बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धीत कुनै पनि बिषय प्रशारण नगर्न प्रकाशलाई निर्देशन दिएको थियो । तर, उनै प्रकाशले ग्ल्यामर गफमा निर्माता छविराज ओझाको अन्तरवार्ता प्रशारण गरेका थिए ।

यसपछि भने शिल्पाको उजुरीको आधारमा नै अनिश्चितकालका लागि शोको प्रशारण स्थगित गरिएको हो । यो कार्यक्रममा विशेषगरि, कलाकारहरुको बिषयमा गरिने टिप्पणी सधै नै विवादमा पर्दै आएको थियो ।

For More videos Log on to Mazzako TV