गायक निशान भट्टराईको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो रगत रातो’ बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । सुरज लामिछानेको शब्द रहेको गीतमा ठाकुर प्रताप दुलालको संगीत रहेको छ । गीतले जातियता भित्रको एउटा प्रेम कथालाई देखाइएको छ ।

भिडियोलाई निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा हाँस्य कलाकार यादव देबकोटा (सरापे) र इन्दु दनुवारको अभिनय देख्न सकिन्छ । सुजन श्रेष्ठले खिचेको भिडियोका सम्पादक युबराज खत्री हुन् ।

हाँस्य कलाकार यादव देबकोटा यो भिडियोमा फरक भूमिकामा छन् । उनि हँसाउने क्यारेक्टर बाट बाहिर आएर इमोसनल भूमिकामा प्रस्तुत भएका छन् । उनि भन्छन् ‘सधै भन्दा अलि फरक भूमिकामा आएको छु । यो मेरो एउटा प्रयास हो । दर्शकले मन पराउँनु हुन्छ होला ।’

For More videos Log on to Mazzako TV