लकडाउनपछि निर्माण भएका धेरै फिल्मका निर्माताले त सस्तो बजेट रोजे । सस्तो बजेटमा फिल्म बनाउँदा हलमा चलाउनै नपाएपनि अन्य विकल्पबाट पैसा उठाउन सकिन्छ । तर, महंगो बजेटमा फिल्म बनाएका निर्माता न यता न उता जस्तै देखिएका छन् । फिल्म म यस्तो गीत गाउँछु २ , प्रेमगीत ३, चपली हाइट ३, हिजो आजका कुरा, आई एम ट्वान्टी वान, ए मेरो हजुर ४ लगायतका फिल्मका निर्माताले राम्रो मितिमा फिल्म रिलिज गर्नुपर्ने हुन्छ ।

किनकी, यी फिल्मका लगानी उठाउन शत प्रतिशत दर्शक हलमा आउन सक्ने वातावरण आवश्यक छ । तर, यी फिल्मका निर्माताले फिल्म कहिले हलमा चलाउन पाइन्छ भन्ने अझै अड्कल लगाउन सक्ने अवस्था छैन । यसो गर्दा फिल्म बनेको लामो समयमा पुरानो हुने डर, अर्कोतिर महंगो रकम फ्रिज भएको अवस्था । महंगो बजेटका फिल्मका निर्माता अहिले अन्यौलमा छन् ।

For More videos Log on to Mazzako TV