एक पछि अर्काे हिट गीत दिइरहेकी गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘केही कमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो रातो खुर्सानी युटुबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सागर खरेलले शब्द लेखेका छन् भने कृष पाण्डेले संगीत दिएका छन् ।

गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिशा पोखरेलको अभिनय छ । भिडियोमा सुधीर र अनिशालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा आशिष नेपाल एसोसिएट निर्देशकको रूपमा रहेका छन् । युवराज न्यौपानेले खिचेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् । भिडियोलाई विमल सुवेदीले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV