नेपाली फिल्म क्षेत्र अस्तव्यस्त भैरहेको छ । फिल्म बनिरहेका छन्, तर रिलिजका लागि फिल्म छैनन् । ३ महिना अघि खुलेका हलहरु न त बन्द भएका छन्, न त हल खुलेरै नै दर्शक आएका छन् । नेपाली फिल्ममा निर्माताहरुले नयाँ बर्षमा पनि फिल्म चलाउने कोशिश गरेनन् । दोश्रो चरणको कोरोना लहरका कारण फिल्म हल अस्तव्यस्त भएको छ ।

यस्तो अवस्थामा अब झन् फिल्म छैनन् । नयाँ बर्षमा २ वटा फिल्म रिलिज भएपनि दर्शक तान्न भने सकेनन् । अब, त झनै फिल्म छैनन् । विदेशी फिल्म पनि रिलिज हुन नसक्ने अवस्था छ । यस्तो अवस्थामा हल संचालन गर्न नै धौ धौ पर्ने देखिएको छ ।

नेपाली फिल्म कहिलेबाट सुचारु हुन्छ भन्नै नै एकिन छैन । फिल्म हल चलिरहेपनि फिल्म नहुँदा हल खाली छन् । निर्माता फिल्म रिलिज गर्न सक्ने अवस्थामा पनि छैनन् ।

For More videos Log on to Mazzako TV