अमेरिकामा बस्दै आएका दुई नेपाली युवाको जीवनीमा आधारित नयाँ नेपाली फिल्म ‘ओभरडोज’ को ट्रेलर सार्वजनिक भएको छ । कलाकार प्रनिसराज पन्तको उक्त फिल्म ‘ओभरडोज’ आउँदो मे १५ मा टेक्ससको डलासमा प्रिमियर गर्ने तयारी भैरहेको निर्माण टिमले बतायो । चलचित्रमा दुई युवाको ड्रग्स र अपराधको कथालाई देखाइएको छ ।

चलचित्रमा प्रनिसराज पन्तसंगै सविनजंग थापा र बिना श्रेष्ठको मुख्य भुमिका छ । सुदूरपश्चिम प्रदेश घर भएका पन्त अध्ययनको सिलसिलामा हाल अमेरिकामा छन् । सुमन पौडेलको निर्देशन रहेको चलचित्रमा गौरव गुरुङ, स्वामी डिले लगायतको अभिनय गरेका छन् ।

कथा समेत निर्देशन पौडेलको रहेको उक्त चलचित्रमा नेपालीका अलवा अमेरिकाको कलाकारले पनि अभिनय गरेका छन् । अंग्रेजी र नेपाली दुई भाषामा फिल्म निर्माण गरिएकाबताइएको छ ।

दादा प्रोडक्सन हाउसको निर्माण, साजन कार्कीको सम्पादन रहेको फिल्म विश्वव्यापी प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।

For More videos Log on to Mazzako TV