लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार ‘घुरघुर’ बोलको गीत गायक युवराज चौलागाँईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा चौलागाईंको स्वर तथा संगीत रहेको छ । शब्दरचना कौशिला खनाल कर्माचार्यको छ । गीतको अडियोले मन छुन्छ । भने भिडियोले पनि अडियोलाई न्याय गरेको छ ।

घर छाडेर रोजगारीका लागि गाउँ छोडेको एक युवकको वरिपरी गीतले देखाउन खोजेको छ । परिवारको आर्थिक उन्नययनको सपना बोकेर वैदेशिक रोजगारीका लागि घरपरिवार छोडेर हिँडेका नेपाली युवा कसरी आफ्नो सपनासँगै शरीरसमेत गुमाउन वाद्य छन् गीतमार्फत मज्जाले देखाउने प्रयास गरिएको छ ।

गीतको भिडियोमा वर्षा राउत र गायक स्वयंले अभिनय गरेका छन् । धिरजजंग शाहले खिचेको भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

For More videos Log on to Mazzako TV