अभिनेता दीपकराज गिरी र अर्का कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको चर्चा चलिरहँदा दीपकको जन्मदिनमा जितु उनीसँगै देखिए । दिपक र जितुको बोलीचाली, हाउभाउ हेर्दा उनीहरुविच शितयुद्ध चलेको हो र जस्तो पनि देखियो । तर, उनीहरुविच आन्तरिक रुपमा सम्बन्ध त विग्रिएको नै हो ।

यो बिषयमा जवाफ दिने क्रममा दिपकले जितु नेपालसँग पारिवारिक सम्बन्ध राम्रो रहेको बताए । उनले, आफ्नो टिममा जितु भएपनि नभएपनि छक्का पन्जा ४ मा भने जितु हुने पनि बताए । दिपकले जितु नेपाल टिमबाट बाहिरिएका हुन् कि होइनन् भनेर स्पष्ट जवाफ भने दिएनन् । बरु, उनले यो प्रश्नको जवाफ हो र होइनमा दिन नसकिने बताएका थिए ।

दिपकराज गिरीले जितु नेपाल टिमबाट बाहिरिएपनि उनको कुरा काट्दै हिड्ने बानी आफूहरुमा नरहेको पनि बताए । भोलीका दिनमा कोही कलाकार यो टिमबाट बाहिरिएपनि उसको नराम्रो आफूहरुले नसोच्ने दिपकको भनाई छ । तर, दिपकले यी सबै कुरा गर्दा पनि जितु टिमबाट बाहिरिएका हुन् कि होइनन् वुझ्ने गरी भनेनन् ।

For More videos Log on to Mazzako TV