फिल्म ‘एक्स ९’ निर्माण हुने भएको छ । यो फिल्मको आज सामाजिक संजालबाट निर्देशक मुकुन्द भट्टले घोषणा गरेका छन् । उनले यो फिल्मलाई नेपाली फिल्म क्षेत्रकै सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म समेत भनेका छन् । फिल्मका लागि कलाकार घोषणा गरिएको छैन । वैशाख २० गते कलाकारको बारेमा जानकारी दिने उनले बताएका छन् ।

‘एक्स ९ लेभल १’ नाम दिएर फिल्म निर्माणको घोषणा गरिएको छ । यादवप्रसाद पाठक यो सिनेमाका निर्माता हुन् । यही फिल्मका लागि अभिनेता अनमोल केसीलाई महंगो रकममा अफर पनि गरिएको छ । फिल्मकमा लागि पुष्प खड्का, सौगात मल्ल र निश्चल बस्नेतलाई पनि अफर गरिएको छ ।

For More videos Log on to Mazzako TV