नयिका ऋचा शर्मा आमा बन्ने तयारीमा छिन् । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी दिएकी हुन् । अन्य नायिकाहरुले आफ्नो बेबी बम्प देखाउँदै आमा बन्न लागेको जानकारी दिएपनि ऋचाले भने फरक तरिकाले यो कुराको जानकारी दिएकी छिन् । उनले, घरको दैलोमा सजीवनको रुख रोप्दै प्यारो जीवनलाई स्वागत गर्ने तयारी गरेको उल्लेख गरेकी छिन् ।

ऋचा लेख्छिन्–‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा पनि कोही अरुको धड्कन म भित्र प्यारो आभाष भैरहेको छ ।’ ऋचाले एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउने सौभाग्य पाएकोमा खुशी पनि व्यक्त गरेकी छिन् ।

वि.सं २०७६ सालको मंसिर महिनामा ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरेकी थिइन् । बिहे भएको करिब डेढ महिनापछि उनी आमा बन्ने तयारीमा छिन् ।

For More videos Log on to Mazzako TV