नयाँ बाँनेश्वरको ‘आई प्लेक्स मल’मा संचालनमा आएको वान सिनेमाज्ले अब शाखा विस्तार गर्ने भएको छ । निर्माता प्रज्ज्वल शमशेर जबरा र उनको टिमले यो हल संचालन गर्दै आएको हो ।

वान सिनेमाज्को २ वटा पर्दा आई प्लेक्स मलमा संचालनमा छन् । तर, अब यही मलमा नयाँ पर्दा थप गरिएको छ । ३ पर्दामा वान सिनेमाज् बाँनेश्वरमा संचालन हुने भएको छ । योसँगै कालिमाटीमा पनि यो हल विस्तार हुदै छ । कालिमाटीमा २ पर्दा सहितको हल संचालन गर्ने तयारी भैरहेको प्रज्ज्वलले बताए ।

कालिमाटीमा कुनै पनि हल छैन । यसैले, यहाँ हल संचालन भैसकेपछि दर्शकको उपस्थिती बाक्लो हुने आशा वान सिनेमाज् टिमको छ ।
यो हलको शाखा विस्तार भैरहवा र नेपालगञ्जमा पनि भैरहेको छ । यतिबेला हल निर्माणको काम अघि बढेको छ । कोभिडका कारण केही हलहरु बन्द भैरहेको समयमा वान सिनेमाज्को टिमले भने शाखा विस्तार गर्नतर्फ ध्यान दिएको छ ।

For More videos Log on to Mazzako TV