यो बर्ष अर्थात २०७७ साल नेपाली फिल्मका लागि सुनसान मै वित्यो । यो बर्ष कोरोनाका कारण ९ महिना हलहरु बन्द भए । यसपछि ३ महिनामा जम्मा ४ वटा फिल्म मात्र रिलिज भए । ४ वटा फिल्मले पनि दर्शक फर्काउन सकेनन् ।


कोरोनापछि ठूला बजेटका नेपाली फिल्म रिलिज हुन सकेनन् । जसकाकारण, नेपाली फिल्म क्षेत्रले यो बर्ष ठूलो घाटा व्यहोर्यो । यो बर्ष केही आशातित फिल्म रिलिज हुने अपेक्षा गरिएको थियो । तर, कुनै पनि फिल्मले यो बर्ष रिलिजका लागि मिति स्थिर राख्न सकेनन् ।


यो बर्ष नेपाली कलाकारहरुको व्यस्तता कम देखियो । केही फिल्मी कलाकार म्यूजिक भिडियोमा व्यस्त भए । तर, केही कलाकारले भने आफूलाई रिजर्भ राख्ने कोशिश गरे । जसकाकारण, उनीहरुमध्ये केहीले फिल्मको छायांकन गरे भने केही मौन बसे ।

नेपाली फिल्म हलहरु सुनसानमै रहे । दर्शक हलसम्म नआउँदा हलहरु सुनसान बनेका थिए । नेपाली फिल्मका लागि यो बर्ष निकै नै कहालीलाग्दो देखिएको छ ।

तर, अर्को बर्ष नेपाली फिल्म के हुन्छ भन्न सकिने अवस्था छैन । अर्को बर्ष नेपाली फिल्म कती रिलिज होलान्, दर्शक हलमा आउलान् कि नआउलान् भन्न सकिने अवस्था छैन ।

For More videos Log on to Mazzako TV