अभिनेता धिरज मगर सर्वाधिक व्यस्त छन् । ‘इन्टु मिन्टु लण्डनमा’ फिल्ममा काम गरेपछि उनको माग चुलिएको हो । उनले अर्को फिल्ममा काम गर्न २ बर्ष लगाए । ‘आई एम ट्वान्टी वान’को प्रोजेक्ट उनले छायांकन सकेका छन् ।

यो फिल्म सकिएपछि उनले ‘बावरी क्याफे’ फिल्ममा काम गर्दैछन् । सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्ममा उनको जोडी अदिती वुढाथोकी हुन् ।

धिरजलाई दिपेन्द्र लामाको फिल्ममा पनि काम गर्ने तयारी गरेका छन् । धिरजले यो फिल्म साइन पनि गरिसकेका छन् । फिल्मको छायांकन टुंगो लागेको छैन ।

धिरजलाई दिनेश राउतले पनि फिल्मका लागि कुरा गरिरहेका छन् । धिरजसँग फिल्म बनाउनका लागि मेकरहरु लालयित छन् । तर, धिरजलाई फिल्ममा समय दिन नै भ्याई नभ्याई देखिने भएको छ ।

For More videos Log on to Mazzako TV