अभिनेत्री प्रियंका कार्कीले ‘हामी गर्भवती छौ’ भनेर फोटो पोष्ट गर्दा धेरैले आलोचना गरे । ‘केटा मान्छे पनि गर्भवती हुन्छ र ?’ भनेर धेरैले ट्रोल बनाए ।

तर, अभिनेत्री वर्षा राउतले भने यसरी ट्रोल बनाउनु गलत भएको बताउँछिन् । उनले भनिन्–‘यही कुरा विदेशी फिल्ममा वा विदेशी मानिसहरुले भन्दा हामी कती राम्रो कुरा गरेको भन्छौ । तर, नेपाली कलाकार वा नेपाली मानिसले भन्दा आलोचना गर्छौं । मजाकको पात्र बनाउँछौ । यो राम्रो होइन ।’

उनले यो गलत भएको बताइन् । उनले, आफ्नी श्रीमतीलाई माया गर्ने, साथ दिने बिषय हो भन्दै मानसिक रुपमा केटा पनि गर्भवती छ भनेर भन्न खोजिएको वर्षाले बताइन् ।

वर्षाले भन्ने मानिसको मुख थुन्न नसकिने भन्दै यसलाई सामान्य रुपमा लिन अपिल गरिन् ।
वर्षाले आफू आमा बन्ने बिषयमा भने तयार भैनसकेको पनि उल्लेख गरेकी छिन् ।

For More videos Log on to Mazzako TV