निर्माता भूवन केसीले नयाँ फिल्म ‘माइतीघर २’ बनाउने भएका छन् । भूवनले यो फिल्मलाई चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् । माइतीघर नेपालमा बनेको निजी क्षेत्रको पहिलो फिल्म थियो । यो फिल्ममा समावेश यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर बोलको गीत सर्वाधिक चर्चामा पनि छ ।

माइतीघर फिल्ममा अभिनेता अनमोल केसी मुख्य भूमिकामा हुनेछन् । फिल्मका लागि अभिनेत्री फाइनल गरिएको छैन । फिल्म माइतीघर २ लाई लभस्टोरी कथामा बनाउने तयारी गरिएको छ । फिल्ममा अनमोलको लुक्स परिवर्तन हुनेछ । फिल्म माइतीघर २ को छायांकन कहिलेबाट सुरु गर्ने भन्ने पक्का भएको छैन ।

सुवोध चोपडा यो फिल्मको निर्देशक हुन् । भूवनले फिल्म पारस पनि बनाउने बताएका छन् । तर, श्रोतका अनुसार उनी पारसलाई पोष्टपोन्ड गर्दै माइतीघर २ पहिले छायांकन गर्ने तयारीमा छन् ।

For More videos Log on to Mazzako TV