चलचित्र निर्माता माधव वाग्लेले नयाँ चलचित्र निर्देशन गर्ने घोषणा गरेका छन् । सिनेमाको नाम राखिएको छ ‘विवेक’ । यो सिनेमामा बिपिन कार्की र स्वस्तिमा खड्कालाई मुख्य भुमिकामा देख्न पाईने भएको छ । यसअघि माधवले ‘हिमानी’ नामको चलचित्र बनाउने भनेर घोषणा गरेका थिए । उनले चलचित्र बिकास बोर्डमा ‘हिमानी’ दर्ता समेत गरेका छन् तर अहिलेलाई ‘हिमानी’ थाति राख्दै ‘विवेक’ निर्माणमा माधव कस्सिएका छन् ।

चलचित्र ‘विवेक’का लागि बिपिन र स्वस्तिमाका अलावा अन्य कलाकारहरु अडिसनबाट लिईदैछ । बिशेषत तराईको कथा भएकाले सिनेमाको लागि प्रदेश नम्बर २ मा नै नयाँ कलाकारहरुको अडिसन गर्ने भनेर बताईएको छ । मधेसी चरित्रका लागि केही कलाकारहरुको अडिसन यही चैत्र २८ गते जनकपुरमा गरिदैछ । यो सिनेमाको छायांकन पनि तराईका बिभिन्न स्थानहरुमा नै हुनेछ ।

सिनेमालाई जेठमा सुटिङ्ग गर्ने योजनामा छ निर्माण टिम । यही सिनेमाबाट निर्माता माधव वाग्ले निर्देशकको रुपमा पनि आउनेछन् । उनको निर्देशकिय काम कस्तो होला, प्रतिक्षाको बिषय बनेको छ । लोकनाथ कोईरालाले लेखेको कथामा निर्माण हुने यो सिनेमा ‘विवेक’लाई नेपालीसँगै मैथिली र भोजपुरी भाषमा पनि बनाईने भनेर निर्माण टिम जानकारी गराउँछ । प्रिन्सेस मुभिजको ब्यानरमा यो सिनेमा बन्दैछ ।

For More videos Log on to Mazzako TV