चलचित्र ‘घिन्ताङ्ग’मा नायिका ‘इन एण्ट आउट’ को सिलसिला रोकिएको छैन् । पहिला यो सिनेमामा एलिजा गौतमले काम गर्ने भनेर फाईनल थियो तर पछि उनी आउट भईन् अनि आईन लक्ष्मी बर्देवा । तर यतिबेला भने फेरि लक्ष्मी बर्देवाले पनि सिनेमा छाडेकी छिन् भने उनको ठाँउमा आईपुगेकी छिन् नायिका केकी अधिकारी । अब आशा गरौं, केकीले चाही यो सिनेमा नछाडुन् । यो सिनेमा ‘घिन्ताङ्ग’ लाई दिपक श्रेष्ठले निर्देशन गर्दैछन् । करिब ८ बर्षपछि चलचित्रको निर्देशनमा फर्कन लागेका दीपक श्रेष्ठलाई यो सिनेमा बनाउन निकै सास्ती भईरहेको छ । कहिले के नमिल्ने कहिले के ।

उनी आफैलाई कोरोना देखिएपछि सिनेमाले फ्लोर ज्वोईन गर्ने बेलामा सिनेमा अडकिएको थियो । सिनेमाको शुभमुहुर्त समेत भईसकेको थियो तर सिनेमा समयमा शुरु नहुदाँ नायिका लक्ष्मी बर्देवाले सिनेमा छाडेकी छिन् । लक्ष्मीको अर्को सिनेमा ‘अनन्त’सँग यो चलचित्रको छायांकन जुधेकाले गर्दा सिनेमाबाट लक्ष्मीले हात झिकेकी हुन् । तर, सिनेमा युनिटले केकी अधिकारीलाई चलचित्रको लागि अनुबन्धित गरिसकेको छ । चलचित्र ‘घिन्ताङ्ग’को सुटिङ्ग बैशाखको ६ गतेबाट हुने भनेर निर्माण युनिटले जानकारी गराएको छ ।

यो सिनेमामा केकी अधिकारीसँग नायक गौरब पहारी मुख्य भुमिकामा देखिनेछन् । सिनेमामा यसपाली एकल महिलाको कथा प्रस्तुत गर्दैछन् निर्देशक दिपक श्रेष्ठले । यसअघि उनले बनाउने सिनेमा भन्दा यो अलि भिन्न किसिमको सिनेमा हुने भनेर दिपकले बताएका छन् । उनले यसअघि ‘हिम्मत’, ‘पर्खी बसे’, ‘तकदिर’, ‘पहिलो पहिलो माया’, ‘बचन’, ‘पापी मान्छे’, ‘पापी मान्छे २’, ‘रङ्ग वे’ लगायत चलचित्रको निर्देशन गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV