फिल्म ‘बाबरी क्याफे’ को छायांकन सुरु हुने भएपछि अभिनेत्री अदिती वुढाथोकी नेपाल आएकी छिन् । केही दिन अगाडि नेपाल आएकी अदिती अहिले वर्कशप गरिरहेकी छिन् । उनले अभिनय र नृत्यको प्रशिक्षण लिइरहेको वुझिएको छ । यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । गतबर्ष चैत्र महिना अगाडि नै फिल्मको छायांकन सुरु गर्ने सुरसार भैरहँदा कोरोनाको लहर सुरु भएको थियो ।

जसकाकारण फिल्मको छायांकन सुरु हुन पाएन । यसको निर्माणपक्षले वैशाखको २ गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरेको छ । फिल्म बाबरी क्याफेमा अदितीले अभिनेताद्धय धिरज मगर र धिरज टोटलानीसँग अभिनय गर्दैछिन् । फिल्म कृपछि कुनै पनि फिल्ममा काम नगरेकी अदितीका लागि आफ्नै घरको यो फिल्म विशेष पनि छ ।

यसका लागि उनले सक्दो मिहिनेत गरिरहेको बताएकी छिन् । फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा हुनेछ ।

For More videos Log on to Mazzako TV