फिल्म ‘कबड्डी ४’ का लागि २ अभिनेत्री फाइनल गरिएको छ । निर्देशक रामबाबु गुरुङले फिल्मका लागि अभिनेत्री मिरुना मगर र भ्लगर गौमाया यात्रीलाई फाइनल गरेका हुन् । यो फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने तयारीमा निर्माता छन् । फिल्मका लागि बेलायतबाट मिरुना र गौमाया नेपाल आइसकेका छन् ।

उनीहरु धमाधम वर्कशपमा व्यस्त रहेका छन् । फाइनल म्याच भनिएको कबड्डी ४ मा सौगात मल्ल, दयाहाङ राई, वुद्दि तामाङ, बिजय बराल, जयनन्द लामा लगायतका कलाकार फाइनल भैसकेका छन् । फिल्मको कथा लेखिरहेको रामबाबुले बताए । उनले, फिल्मको कथा लेख्दै जाँदा यो सिरिजको फाइनल म्याच नहुने पनि बताएका छन् ।

यसअिघ ‘कबड्डीको ३’ सिरिजमा काम गरेर केही अभिनेत्रीहरुको करिअर उकालो लागेको थियो । अभिनेत्री रीश्मा गुरुङ र उपासना सिंह ठकुरीलाई यही फिल्मले चिनाएको थियो । लगातार फ्लप फिल्मका कारण करिअर अगाडि बढाउन नसकेकी मिरुनाका लागि यो फिल्म कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । फिल्मको प्रदर्शन मिति असोज १५ गतेलाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV