अभिनेत्री सुपुष्पा भट्ट प्रेमको चर्चाले रंगिएकी छिन् । यी अभिनेत्री यतिबेला निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् । विगत ६ महिनादेखि यी दुइ डेटमा छन् । सुपुष्पाले आफू रौनकको प्रेममा रहेको पनि स्विकार गरेकी छिन् । उनले, ६ महिनादेखि डेटमा रहेको बताएकी छिन् ।

सुपुष्पाले बिहेको योजना भने अहिले केही पनि नबुनेको बताइन् । फिल्म रणवीरबाट नेपाली फिल्म क्षेत्रमा उदाएकी सुपुष्पा र कबड्डीका निर्माता रौनकको प्रेमले बजार गर्माएको छ ।

फिल्म छ माया छपक्कै रिलिजपछि उत्साहित सुपुष्पा फिल्म चपली हाइट ३ रिलिजको प्रतिक्षामा छिन् ।

For More videos Log on to Mazzako TV