अभिनेता अनमोल केसीले कपाल काटेर विरामी भएको फिल्म ए मेरो हजुर ४ को क्लाइमेक्स दृश्य सामाजिक संजालबाट लिक भएको छ । ए मेरो हजुर ४ को छायांकनका क्रममा यो फिल्मको क्लाइमेक्स भाइरल भएको हो । ग्रान्डी अस्पतालमा छायांकनका क्रममा फिल्मको दृश्य भाइरल भएको हो ।

भाइरल भएको दृश्यमा अभिनेता अनमोल केसी अस्पताल अगाडि विरामीले लगाउने पोशाकमा उभिएका छन् भने उनीसँग अभिनेत्री सुहाना थापा पनि छिन् । यो फिल्मको क्लाइमेक्स र प्रि क्लाइमेक्सको दृश्यको छायांकनका क्रममा फिल्मको दृश्य बाहिरिएको हो । निर्माता सुनिल कुमार थापाले फिल्मको दृश्य नबाइरियोस् भन्नका लागि सावधानी अपनाएपनि बाहिरिएको बताए ।

फिल्मको छायांकन मंगलबारबाट सकिनेछ । झरना थापा निर्देशित यो फिल्मलाई आउँदो वर्षको भदौ १८ गतेबाट रिलिज गर्ने योजनामा यसको निर्माता छन् ।

For More videos Log on to Mazzako TV