अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छिन् । गतबर्षको फागुण १६ गते उनले प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गरेकी थिइन् । बिहे गरे लगतै नेपालमा लकडाउन भएको थियो । यसपछि प्रियंका र आयुष्मानले विभिन्न परिकार बनाउँदै गरेको भिडियो तयार पारे । होलीको फोटो सार्वजनिक भएपछि भने प्रियंका कार्की गर्भवती भएको भनेर फ्यानले जिज्ञासा राखेका थिए ।

सोही जिज्ञासा मेट्दै प्रियंकाले अब प्रश्न नगर्न र आफू आमा बन्ने तयारीमा रहेको बताएकी छिन् । उनले, हामी गर्भवती भएका छौं भनेर उल्लेख गरेपछि धेरैले यसमा पनि आश्चर्य व्यक्त गरेका छन् । प्रियंकाले आफ्नो बच्चा नजन्मदै आर्शिवाद र माया अथाहा पाएको भन्दै खुशी पनि व्यक्त गरेकी छिन् ।

For More videos Log on to Mazzako TV