अभिनेता आर्यन सिग्देलले आफ्नो नयाँ फिल्म मिरर भएको घोषणा गरेका छन् । फिल्मको टिमसँग उनले फोटो राख्दै नयाँ फिल्म मिरर भएको उल्लेख गरेका छन् । फिल्म मिररलाई कविराज गहतराजले निर्देशन गर्दैछन् । कवि लामो समय नेपाली फिल्म क्षेत्रमा कोरियोग्राफरको रुपमा चर्चित छन् ।

यो फिल्ममा आर्यनको साथमा अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गर्नेछिन् । फिल्ममा प्रशान्त ताम्राकार, रेअर राई, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ । यो फिल्मको छायांकन वैशाखको १० गतेबाट सुरु गर्ने योजनामा निर्माता छन् । आर्यनले भने यो फिल्मका लागि तिव्र रुपमा तयारी भैरहेको बताएका छन् ।

फिल्म मिररले लागू पदार्थ दुव्यर्सनीको कथालाई उठान गर्नेछ । आर्यन र उपासनाले फिल्म डिसेम्बर फल्समा काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV