गायिका लिजा लामाको स्वरमा रहेको ‘दल छ देश छैन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक रमनको संगीत र चन्द्र लाल तामाङको शब्द रचना रहेको गीतमा सञ्जय हमालको एरेञ्ज छ । देशप्रतिको प्रेमभाव बोल्ने गीतको भिडियोमा गायिका लामा स्वयं फिचर छिन् ।

श्याम वान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मान बहादुर थापा, सरस्वती घिमिरे, नारायण घिमिरे, मिना महर्जन, सुवास सिलवाल, कल्पना घिमिरे, सरोज खड्का र अमित तुलाधरको पनि भिडियोमा अभिनय रहेको छ ।

एस डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोलाई राजु लामाले निर्देशन गरेका हुन् । मोहन अभिलासीको छायांकन रहेको भिडियोलाई सौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् । गायिका लामाले गीतलाई दर्शक तथा स्रोताले मन पराउने विश्वास व्यक्त गरेकी छन् ।

For More videos Log on to Mazzako TV