२०७७ नयाँ बर्षको छेकोमा प्रर्दशनमा आउने तयारीमा थिए सिनेमा ‘लप्पन छप्पन २’, ‘मनसँग मन’ र ‘कृष्ण लिला’ । तर, यि सिनेमाहरु कोरोनाको कारण देखाउदै पछि हटेका छन् । चैत्र २७ मा यि सिनेमाहरु नलाग्ने भएका छन् । अब यही खाली डेटलाई मौका छोप्दै निकै अघि नै बनेको सिनेमा ‘गुड फ्रेन्ड’ प्रर्दशनमा आउने भएको छ । सिनेमाको ट्रेलर सार्वजनिक गर्दै भखैरै निर्माण युनिटले सिनेमा प्रर्दशनमा आँउने बारेमा जानकारी गराएको छ ।

यो सिनेमामा हाल अमेरिकामा ब्यबसाय गरेर बसेका नायक मुकेश ढकालले अभिनय गरेका छन् । सिनेमामा मुकेशका अलावा सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, राजन महर्जन लगायत कलाकारहरुले अभिनय गरेका छन् । बिशेषत साथी साथीबीचको सम्बन्ध, त्यसमा आउने प्रेम र समर्पणको कथालाई यो सिनेमाले बोल्ने भनेर जानकारी गराईृएको छ ।

यो सिनेमाको निर्देशन राजबहादुर सानेले गरेका हुन् । चलचित्रलाई हाम्रो तर्फबाट शुभकामना । ढिलो आयो कडा आयो भनेजस्तो होस् यो सिनेमा शुभकामना ।

For More videos Log on to Mazzako TV