‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी विदेशी गायिका हुन्, बियोन्से । उनी युगान्डाकी नागरिक हुन् । यतिबेला नेपालमै छिन् । केही समय अघि उनले गाएको कभर गीतले गर्दा उनलाई धेरैले चिनेका छन् । गीत सामाजिक सञ्जालमा भाईरल भएपछि यि गायिकालाई बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पनि भेट्ने इच्छा ब्यक्त गरेका थिए ।

‘फुलबुट्टे सारी’को ‘लेजेन्ड्री’ भर्सनलाई मदनकृष्ण श्रेष्ठले गाएका छन्, जुन भर्सनलाई पनि दर्शकले निकै रुचाएका छन् । यता गायिका बियोन्सेलाई पनि मदनकृष्ण लाई भेट्न मन थियो । मदनकृष्ण र बियोन्सेको आज काठमाण्डौंमा भेट भएको छ । युगान्डाको झण्डाअंकित ड्रेसमा मदनकृष्ण श्रेष्ठलाई भेट्न पुगेकी बियोन्सेले आफु मदनकृष्ण श्रेष्ठबाट निकै नै प्रभावित भएको सुनाउदै आँखाबाट आशु समेत खसालिन् ।

उनले मदनकृष्ण श्रेष्ठको अगाडी गीत समेत गाएर सुनाईन् । मदनकृष्ण श्रेष्ठले पनि बियोन्सेको खुलेरै प्रशंसा गरे । ‘गीतसंगीतले संसारका मानिसहरुलाई नजिक गराईरहेको छ । जब मैले बियोन्सेले गाएको फुलबुट्टे सारीको कभर भर्सन सुने, उनीसँग टाढा भएपनि पुर्व जन्मको नाता रहेछ कि भन्ने महशुष भएको छ’, भनेर मदनकृष्ण श्रेष्ठले भनेका छन् ।

यता बियोन्सेले पनि मदनकृष्ण श्रेष्ठलाई भेट्न पाँउनु आफ्नो जीवनकै सबैभन्दा ठुलो सफलता भएको भनेर बताएकी छिन् । यसैबीच यि बिदेशी गायिका ‘मुन्द्रेको कमेडी क्लब’मा पनि पुगेकी छिन् । जितु नेपाल ‘मुन्द्रे’ र उनको टिमसँग यि गायिकाले टन्नै रमाईलो गरेकी छिन् । बियोन्सेसँगको ‘मुन्द्रेको कमेडी क्लब’को मज्जाको एपिसोड चाँडै प्रसारणमा आउने जानकारी गराईएको छ ।

For More videos Log on to Mazzako TV