गायक सुगम पोख्रेल र सोना आमात्यको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो माया करोडमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द र लय सिर्जना दीपक शर्माको रहेको छ ।

cine pati

भिडियोमा सागर लम्साल र गोविन्द सिंह विष्टको साथै गायिका सोना स्वयम प्रस्तुत भएका छन् । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । साहस शाक्यको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । उक्त भिडियोलाई सम्पादन गर्ने काम नवीन निरौलाले गरेका छन् । भिडियोलाई गायिका अमात्यकै अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको हो ।

For More videos Log on to Mazzako TV