अकेशा हुनेछिन् नायिका अमेरिकामा बस्ने नेपालीको संघर्षको कथामा रहेर एक नेपाली चलचित्र बन्ने भएको छ । सिनेमाको नाम राखिएको छ, ‘लाईफ इन एलए’ अर्थात लाईफ इन लस एन्जलस । यो चलचित्रको भर्खरै अमेरिकामा एक प्रेसमिटको कार्यक्रम राख्दै जानकारी गराईएको हो । सिनेमा ‘लाईफ इन एलए’ मा नायिका अकेशा बिष्ट मुख्य कलाकारको रुपमा रहनेछिन् ।

अकेशा केही बर्षदेखि अमेरिकाको न्यूजर्जीमा बस्दै आएकी छिन् । अकेशा बिष्टले ‘जिन्दगी रक्स’ नामको चलचित्रमा काम गरेकी थिईन् । निकै लामो समयपछि उनी फेरिपनि चलचित्र गर्दैछिन् । उनको यो सिनेमा कस्तो होला धेरैलाई कौतुहलता बढेको छ । चलचित्र निर्माण टिमले ‘लाईफ इन एलए’ को पोष्टर समेत सार्वजनिक गरेको छ । यो सिनेमाको छायांकन अप्रिलको पहिलो साताबाट हुने भनेर बताईएको छ । अमेरिकाको लस एन्जलस आसपासमा सिनेमाको छायांकन हुनेछ ।

नेपाली टिमाले निर्माण गर्न लागेको यो सिनेमामा केही अमेरिकन कलाकारहरुले पनि काम गर्नेछन् । सिनेमालाई नेपालको पोखरामा पनि खिचिने भनेर जानकारी गराईएको छ । वाश इन्टरटेन्मेन्टको ब्यानरमा यो सिनेमा निर्माण हुनेछ । सिनेमामा अकेशा सहित बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुष केसी, बिशाल ढकाल लगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।

चलचित्र ‘लाईफ इन एलए’लाई सुर्य एन श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । यो सिनेमालाई राजेन्द्र ठकुराठीले बनाउनेछन् । सिनेमामा श्रीकृष्ण बम मल्लको संगीत, उज्जवल ढकालको सम्पादन र सुदिप बरालको छायांकन रहनेछ ।

For More videos Log on to Mazzako TV