अभिनेत्री पूजा शर्मालाई दर्शकले उनको चुलबुले बानी र क्यामेराको अघि स्पष्ट रुपमा बोल्ने अभिनेत्रीको रुपमा चिन्छन् । यसैले पनि पूजा शर्माको फ्यान क्रेज लोभलाग्दो छ । अभिनेत्री पूजा शर्माको यही बानीका कारण दर्शकले उनलाई मन पनि पराएका छन् । उनै, अभिनेत्री पूजा शर्मालाई अब भने मिडियामा फेक हुन मन लाग्न थालेको छ ।

पूजाले मिडिया कुराकानीमा भनेकी छिन्, अब मलाई फेक हुन मन लागेको छ । म वास्तविक जे हुँ, त्यही रुपमा देखिदा दर्शकले गाली गर्न थाल्नुभयो । यसैले मलाई फेक हुन मन लागेको हो । पूजाले केही दिन अघि दिएको एक अन्तरवार्ता र त्रिभुवन विमानस्थलमा उनले फ्यानसँग राम्रोसँग व्यवहार नगरेको भन्दै आलोचना भएको थियो ।

यसपछि भने पूजाले आफु जे हो त्यही देखाउँदा घमण्डी भनेर आलोचना खेप्नु परेको गुनासो गरेकी छिन् ।

For More videos Log on to Mazzako TV