फिल्म मनसँग मनको रिलिज मिति पछि सारिएको छ । यो फिल्म चैत्र २७ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यसको निर्माणपक्षले कोरोनाका कारण चलचित्र रिलिज गर्ने वातावरण नभएको भन्दै चैत्र २७ लाई तोकिएको प्रदर्शन मिति स्थगित गरिएको हो ।

फिल्म मनसँग मनको नयाँ प्रदर्शन मिति वितरकसँग सल्लाहा गरेर तोकिने निर्माणपक्षले जानकारी दिएको छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा कैलाश राइको निर्देशन छ ।

अरुण तामाङ निर्माता रहेको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, पल शाह, पूजा शर्मा, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । यो फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन छ ।

For More videos Log on to Mazzako TV