फिल्म अभिनेत्री उपासना सिंह ठकुरीले फिल्म ‘डिसेम्बर फल्स’ पछि अर्को एउटा फिल्म साइन गरेकी छिन्, ‘मिरर’ । यो फिल्ममा उनको जोडीको रुपमा आर्यन सिग्देलले काम गर्नेछन् । ‘डिसेम्बर फल्स’ मा पनि उनले आर्यनसँग नै जोडीको रुपमा काम गरेकी छिन् ।

उपासनाले आर्यनसँगको मात्र फिल्म साइन गर्दा बजारमा उनले ‘सत्यम्’ नामक फिल्ममा काम गर्ने पक्का भएको खबर आएको थियो । तर, उपासनाले भने यो फिल्म अझै साइन नगरेको बताएकी छिन् । कबड्डी ४ पनि बन्ने पक्का भएपछि यसमा उपासना हुन्छिन् कि हुदैनन् भन्ने चर्चा चलेको छ ।

उपासनाले भने आफू यो फिल्ममा हुने वा नहुने भन्दा पनि, फिल्मका लागि कुनै कुरा नभएको बताएकी छिन् । यसरी हेर्दा त, उपासनाको मन आर्यनमाथि नै बढी गएको देखिन्छ ।

For More videos Log on to Mazzako TV