नायक अनमोल केसी र नायिका सुहाना थापा ‘ए मेरो हजुर ३’ मा रुचाईएको जोडी हो । अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ३’ को अपार सफलतापछि यो जोडी ‘ए मेरो हजुर ४’ मा पनि सँगै देखिदैछ । सिनेमाको लभगभ छायांकन सकिन लागेको छ । अबको १० दिनमा सिनेमाको सुटिङ्ग सकिनेछ । पोखरा र काठमाण्डौंमा केही दिन सुटिङ्ग गरेपछि सिनेमाको ‘इन्ड क्ल्याप’ हुनेछ ।

सिनेमाको गीतको छायांकनको लागि अनमोल र सुहाना शे–फोक्सुन्डो पुगे । शे–फोक्सुन्डोको चिसोमा, प्रकृतिको अद्भुत सुन्दरताबीच अनमोल र सुहानाको रोमान्स मज्जाले नै चल्यो, रोमान्स रियल लाईफको लागि होईन, रिल लाईफको लागि हो, नझुक्किनुहोला । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् भने संजय लामाले छायांकन गरिरहेका छन् । सिनेमाको शीर्ष गीतको छायांकन निकै राम्रोसँग अगाडी बढिरहेको भनेर सिनेमाकी निर्देशक झरना थापाले जानकारी गराएको छिन् ।

गीतले खोजेको लोकेशन र प्रोपर्टीजहरुमा कुनै कन्जुस्याई नगरिएको बताउदै झरना भन्छिन्, ‘सदाँझै यो गीतले पनि दर्शकको मन छुनेछ भन्ने कुरामा बिश्वस्त छु’ । झरनाका अनुसार केही समयपछि नै सिनेमाको शीर्ष गीत रिलिज गरिनेछ । चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापासँगै सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ । चलचित्र ‘ए मेरो हजुर ४’ भदौं १८ गतेदेखि प्रर्दशनमा आउने भनेर बताईएको छ ।

यो सिनेमालाई सुनिल कुमार थापाले बनाएका हुन् । सिनेमामा झरना थापा रछेतेन गुरुङ्गको कथा रहेको छ । चलचित्रमा बसन्त सापकोटा, कल्याण सिंह, आशिष अविरल, प्रीतक पौडेल लगायतको संगीत छ भने हिमाल केसीको फाईट डाईरेक्सन रहेको छ । तीजको मौकालाई छोप्दै भदौं १८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको सिनेमा ए मेरो हजुर ४ लाई मज्जाको टिभीको तर्फबाट मज्जाको शुभकामना । सिनेमाको गीतमा अनमोल र सुहानाको केमेष्ट्री र रोमान्स कस्तो देखिने हो, केही दिनपछि थाहा भई नै हाल्नेछ ।

For More videos Log on to Mazzako TV