अभिनेता सविन श्रेष्ठको चर्चा बजारमा छैन । उनले निर्माण तथा अभिनय गरेको फिल्म ‘हिरो रिटन्र्स’ पनि विभिन्न कारणले गर्दा हलसम्म आउन सकेन । फिल्म डिस होममा रिलिज भयो । यो फिल्म नै चिप्लिएपछि सविनलाई निर्माताको रुपमा धक्का त लाग्यो । तर, उनी फिल्म बनाउन फेरि कस्सिएका छन् ।

सविनले बनाउन लागेको नयाँ फिल्मको छायांकन वैशाखबाट सुरु हुँदैछ । उनले यो फिल्ममा आफू अभिनेताको रुपमा नदेखिने बताएका छन् । लभ स्टोरी फिल्म भएकाले सविन यसपटक नयाँ अनुहार राखेर फिल्म बनाउँदैछन् । फिल्ममा आफू भिलेन भने बन्न सक्ने सविनको तर्क छ । सविन श्रेष्ठ चैत्रमा फिल्मको घोषणा गर्ने तयारीमा छन् ।

उनले हिरो रिटन्र्सबाट आफू निराश नबनेकाले नयाँ फिल्म बनाउन लागेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV