भारतीय नायिका गीताञ्जली थापासँग नायक सौगात मल्लले रोमान्स गर्ने भएका छन् । सौगात र गीताञ्जलीले ‘जार’ नामको चलचित्रमा सँगै काम गर्न लागेका हुन् । २० दिनको सुटिङ्ग स्क्याजुल सहित यो सिनेमाको छायांकन भोलीदेखि सिक्किममा हुदैछ । सिनेमालाई सिक्किमकै ‘फेरि टेल पिक्चर्स’ले बनाउन लागेको हो । सिनेमाको लागि भनेर नेपालबाट नायकहरु सौगात मल्ल र अनुपबिक्रम शाही सिक्किम पुगिसकेका छन् ।

चलचित्र ‘जार’लाई लेखक इन्द्रबहादुर राईको कथामा बनाउन लागिएको हो भने सिनेमाको निर्देशन फुर्वा छिरिङ्ग लामाले गर्दैछन् । जंग बहादुर राणाको पालाको एउटा सत्य कथालाई सिनेमाले प्रस्तुत गर्नेछ भनेर निर्माण टोलीले जानकारी गराएको छ । यो सिनेमालाई ‘वेस्ट सिक्किम’मा खिचिने भनेर बताईएको छ ।

सिनेमाका नायकहरु बाहेक अधिकांश टिम भारतकै रहनेछन् । सिनेमाकी नायिका गीताञ्जली थापा पनि सिक्किममै जन्मिएकी नायिका हुन् । नायिका गीताञ्जली भारतको नेश्नल अवार्ड बिजेता नायिका पनि हुन् । उनले ‘लार्यस डाईस’ बाट भारतको नेश्नल फिल्म अवार्ड जितेकी थिईन् ।

For More videos Log on to Mazzako TV