चलचित्र ‘प्रसाद’ को प्रिक्वेलको रुपमा बन्न लागेको सिनेमा हो ‘प्रसाद २’ । यो सिनेमामा नम्रता श्रेष्ठ, बिपिन कार्की र निश्चल बस्नेत मुख्य भुमिकामा रहने छ । सिनेमाका लागि तीनै कलाकारहरुले साईन समेत गरिसकेका छन् । तर, यतिबेला भने कलाकारहरुको टाईम नमिलेपछि यो सिनेमाको छायांकन साउनमा सरेको छ । हुन त ‘प्रसाद २’ सिनेमा निकै पहिले नै फ्लोरमा निक्लनुपर्ने हो, तर कहिले के कहिले के आईलाग्यो, सिनेमाको सुटिङ्ग आरम्भ भएन् ।

फागुनमा सुटिङ्ग शुरु गर्ने भनिएको सिनेमा फागुनमा सुटिङ्ग हुन सकेन, चैत्रको १५ गतेबाट सुटिङ्ग हुने भन्ने कुरा आयो, तर फेरि चैत्रमा पनि यो सिनेमाको छायांकन नहुनेभएको छ । यतिबेला सिनेमाका निर्माता सुभाष थापा सिनेमाको सुटिङ्गका लागि डेट मिलाउन दौडधुप गरिहेका छन् । सिनेमाको सुटिङ्ग जुध्ने भएर, साथै कलाकारहरु पनि बिजी भएर सिनेमा युनिटलाई डेट मिलाउन हम्मे हम्मे परिरहेको छ ।

नायिका नम्रता श्रेष्ठ र बिनय श्रेष्ठलाई लिएर राजिब गुरुङ्गले बनाउन लागेको सिनेमाको पनि यतिबेला तयारी चलिईरहेको छ । सिनेमाको नाम सार्वजनिक गरिएको छैन तर नम्रता र बिनय ‘सानो संसार’ पछि सँगै यो सिनेमामा देखिदैछन्, त्यही भएर पनि सिनेमालाई ‘अवेटेड’ लिष्टमा नै राखिएको छ । यो सिनेमालाई नम्रताले जेठबाट टाईम दिएकी छिन् तर सिनेमाको तयारी यतिबेला देखि नै थालिएको छ ।

त्यस्तै गरेर, यतिबेला ‘प्रसाद २’ का अर्का कलाकार निश्चल बस्नेत पनि आफ्नै सिनेमाको तयारी गरिरहेका छन् । ‘जिन्दावाद’ नाममा धेरै पछि उनले सिनेमा निर्देशन गर्न लागिरहेका छन्, जुन सिनेमाको लागि भनेर उनी लोकेशन हेर्न जुम्ला पुगेका छन् । सम्भवत यो सिनेमाको सुटिङ्ग पनि जेठमा नै हुने भनेर बुझिएको छ । निश्नल पनि यतिबेला बिजी नै छन् भने यता बिपिनको त के कुरा गरौं र सिनेमाको काम त छदैछ, आजकाल बिभिन्न बिज्ञापनहरुमा पनि बिपिनको ब्यस्तता निकै बडेको छ ।

सिनेमाका कलाकारहरु बिजी भएपछि अब ‘प्रसाद २’ सरेर साउनै पुगेको छ । अब चलचित्र ‘प्रसाद २’ले कहलेबाट फ्लोर ज्वाईन गर्छ, त्यो हेर्न बाँकी छ । हाम्रो तर्फबाट भने सिनेमालाई शुभकामना ।

For More videos Log on to Mazzako TV