‘अझै पनि’ गाँउमा, के पर्ने हो सुर्दशनको दाउमा ? (फोटो फिचर)
आलोक नेम्वाङ्गको निर्देशनमा बनिरहेको चलचित्र ‘अझै पनि’को यतिबेला धमाधम सुटिङ्ग भईरहेको छ । चलचित्रमा पहिलो पटक निर्देशक सुदर्शन थापा नायक बनेका छन् । उनका अनुसार सुटिङ्ग राम्रोसँग अगाडी बढिरहेको छ । विगत १५ दिन देखि काठमाण्डौं धर्मस्थली गाविसमा ‘अझै पनि’को धमाधम सुटिङ्ग भईरहेको छ ।
गाँउले स्वादमा निर्माण भईरहेको चलचित्र ‘अझै पनि’लाई सुर्दशन थापा र पुनम गौतम मिलेर बनाईरहेका छन् । चलचित्रमा कलाकारहरुको रुपमा पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल लगायतलाई देख्न पाईनेछ । चलचित्रमा विषेश भुमिकामा पाईलट बिजय लामाले पनि अभिनय गरिरहेका छन् ।
लामा सहित मिथिला शर्मा र रामशरण पाठकलाई पनि यस फिल्ममा देख्न सकिन्छ । फिल्मलाई राजेश श्रेष्ठले खिचिईरहेका छन् । ‘करिब १५ सिन र एक गीत हामीले खिचिसकेका छौँ’, चलचित्रका निर्देशक आलोकले भने, ‘विगतका फिल्महरु भन्दा यो फिल्म निर्देशन गर्न निकै सहज लागिरहेको छ ।’
चलचित्रको सुटिङ्ग ४५ दिनमा सक्ने लक्ष्य राखिएको छ । चलचित्रमा हरि लम्साल, राजनराज सिवाकोटी, सचिन सिंह र महेश खड्काको संगीत सुन्न पाईनेछ । ‘अझै पनि’मा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।
हिरो बनेर निकै खुशी देखिएका निर्देशक सुदर्शनको सुटिङ्ग गाँउमा निकै निकै राम्रो भईरहेको तस्वीरहरुले आफै बोल्दछन् । अब हेर्न बाँकी यो छ कि के पर्ने हो उनको दाउमा ? चलचित्र प्रर्दशन पछि थाहा भईहाल्छ कति दम छ उनको नाँउमा ।
For More videos Log on to Mazzako TV