हुनत नेपाली फिल्मी बजारमा अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको प्रेम र ब्रेकअपको चर्चा खुबै भयो । यी दुइले भने कुनै पनि दिन यो कुरा स्विकार गरेनन् । तर, अभिनेत्री आँचल शर्माले भने आफूलाई ब्रेकअपको अनुभव नभएको बताएकी छिन् । उदिप श्रेष्ठसँग बिहे गरेर घरजम अगाडि बढाइरहेकी आँचलले ब्रेकअप भने दुई जनाको असमझदारीबाट हुने बताएकी छिन् ।

मिडिया कुराकानीमा आँचलले ब्रेकअपको मुख्यकारण एक अर्कालाई धेरै वुझ्नु र असमझदारी हुनु मानेकी छिन् । उनले दुई जना विचको सोच नमिलेको अवस्थामा एकसाथ बस्नु भन्दा पनि अलग हुनु नै राम्रो हुने प्रतिक्रिया दिएकी छिन् । घुमाउरो शैलीमा कुरा गर्दै आँचलले कुनै व्यक्तिलाई पर्दामा हेरेर सो व्यक्ति पर्दामा देखिए जस्तै होला भनेर सोचेर प्रेम गर्ने हो भने त्यस्तो नहुन पनि सक्ने उल्लेख गरेकी छिन् ।

For More videos Log on to Mazzako TV