अभिनेता पुष्प खड्का अभिनयमा निखारिएको मानिन्छन् । पछिल्लो समयका चकलेटी अभिनेताहरुमा पुष्पको अभिनय उत्कृष्ट मानिन्छ । यसैले पनि उनी पछिल्लो समयका रोजाइका अभिनेता बनेका छन् । पुष्प खड्काले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा औषत व्यापार गरेपनि उनको माग भने चुलिएको छ ।

उनले अभिनय गरेको फिल्म कृष्ण लीला चैत्रको २७ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर पनि सार्वजनिक भैसकेको छ । सार्वजनिक ट्रेलरमा पुष्पको कामको तारिफ भएको छ । पुष्पले यो फिल्ममा फरक खालको अभिनय गरेका छन् । एक यूवा भएर पनि केटाकेटी मानसकिताको सोच भएको व्यक्तिको भूमिकामा उनी देखिएका छन् ।

जसलाई उनले राम्रोसँग निभाएको देख्न सकिन्छ । पुष्पको यो अभिनयलाई दर्शकले ट्रेलरमा रुचाएका छन् । अब, फिल्मको व्यापार भने कस्तो हुने हो हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV