हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्मको गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त वेव फिल्मका ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, रचना रिमाल र भक्त प्रधानको स्वर रहेको छ । यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।

सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, घनश्याम गौतम, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको पनि अभिनय छ ।

यो चलचित्रले दर्शकलाई निराश नबनाउने निर्देशक कुञ्जनाले जानकारी दिइन् । उनले भनिन्–‘धुर्मुस–सुन्तलीको जोडीलाई दर्शकले पर्दामा हेर्न चाहनुभएको छ । हामी सामाजिक कामसँगै हामीलाई हेर्न चाहने दर्शकको चाहना पनि पुरा गर्न लागिपरेका छौं ।’ सुरुवातमा वेव सिरिजको रुपमा ‘म त मर्छु कि क्या हो’को निर्माण गरेपनि पछि मेकिङ उत्कृष्ट भएपछि वेव फिल्म बनाएको कुञ्जनाले बताइन् ।

फिल्मको कथा बस्तु राम्रो रहेको कलाकार रबि गिरीले बताए । त्यस्त अर्का कलाकार घनश्यम गौतम (नक्कली प्रचण्ड) ले यो वेब सिनेमामा आफ्नो निकै फरक भूमिका रहेको बताए ।
हेर्नुहोस् भिडियो

For More videos Log on to Mazzako TV