अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । दीपक ओली निर्देशित फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक गरिएको हो । लभस्टोरी जनरामा निर्माण गरिएको फिल्मको ट्रेलरमा पुष्प र श्रद्धाको प्रेमलाई मज्जाले देखाइएको छ । साथै यि दुई बिचको प्रेममा आइपर्ने उतारचढावमा फिल्मको कथा घुमेको बुझ्न सकिन्छ । सार्वजनिक ट्रेलरमा पुष्पलाई सुस्त मनस्थिति भएको युवकको भूमिकामा चित्रण गरिएको छ । उनको अभिनय मनछुने छ ।

फिल्म आउँदो चैत २७ बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँनेछ । ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह(निर्माताको रुपमा छन् ।

For More videos Log on to Mazzako TV